के तपाईलाई थाहा छ ब्ल्याक होलले विकिरण उत्सर्जन गर्छ भनेर कसले पत्ता लगाएका थिए ?
र विज्ञानका पिता कसलाई भनिन्छ ?
यस शृंखलाले विश्वका केही असाधारण क्षमता भएका व्यक्तित्वहरुको मनमोहक जीवन प्रस्तुत गर्दछ । यस शृंखलाका पुस्तकहरुले तपाईलाई यी व्यक्तिहरुलाई भेट्ने र उहाँहरुले संसारमा कसरी दिगो प्रभाव पारे र आजको पुस्तालाई कसरी प्रेरणा दिइरहेका छन् भनेर पत्ता लगाउन पछिल्लो समयमा लैजाने छन् ।
जीवन्त चित्र र आकर्षक कथा कथनमार्फत यो पुस्तकले युवा पाठकहरुलाई मोहित पार्ने छ र उनीहरुलाई दृढ सङ्कल्प, नवीनता र करुणाको शक्तिका बारेमा सिकाउने छ । यो पुस्तक परिवर्तन ल्याउने, सपना देख्ने, र बाटो तयार पार्ने नायकहरुका बारेमा थप जान्न चाहने बालबालिकाहरुका लागि उपयुक्त हुने छ ।