Description

२००३ सालमा धनकुटामा जन्मिएका दुर्गा सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनको चर्चित नाम हो।  पंचायती शासनविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्याउन नेपाल राष्ट्र बैंकको भारू ३० लाख लुट्न उनले वसन्त भट्टराई र नगेन्द्र ढुंगेलसंग मिलेर २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेको थिए।  यस बापत करिब १० वर्ष लामो प्रवास बसाई र दुई वर्ष भारतीय जेल मा जीवन बिताएका विद्रोही सुवेदी कालान्तरमा माओवादी र सरकारबीच शान्ति सम्बद गराउने सुत्रधार समेत बने।  
यो पुस्तक एउटा राजनैतिक अपहरण को बयान हो।  
 

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd