Description

अहिलेको प्रजातान्त्रिक युगमा सर्जकहरुको स्वतन्त्रतालाई सीमित घेरामा बाँध्न खोज्ने नयाँ किसिमका वैचारिक पासाहरु देखापरेका छन् । सर्जकको स्वतन्त्रतालाई आधुनिक संसारका नयाँ वैचारिक पासाले बाँध्दै लागेका छन् । जसरी कानूनका धारा, दफा, नियमहरु भाषा मार्फत व्यक्त हुन्छन्; त्यसरी सर्जकहरु पनि भाषा मार्फत तिनै नियम-कानूनलाई छक्याउँदै, घुमाउँदै, उलटपुलट पार्दै स्वतन्तान्त्रिक नयाँ क्षितिजको कल्पना गर्ने गर्छन् ।

मकैको अर्कै खेती (नाटक)मा लेखकले तिनै वैचारिक बन्धनहरुलाई भाषा मार्फत प्रश्न गर्ने प्रयत्न गरेका छन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd