Biography > Nepali Biography

Description

जीवनको एउटा महत्वपूर्ण घडीले महान् कलाकार हरिवंश आचार्यलाई आफू र आफ्ना नेपाली आफन्तका लागि यो पुस्तक लेख्न लगायो। अभिनय गरेर अरुलाई पेट मिचीमिची हसाउँन र धरधरी रुवाउन सक्ने यी कलाकार आफ्नो वास्तविक जीवनमा कति हांसेका छन् र कति रोएका छन्? यसको बेलीबिस्तार पुस्तकमा छ। 'चीना हराएको मान्छे' नेपालका एक महान् कलाकारले नेपालीलाई दिएको थप उपहार हो। यो पुस्तक पढिसकेपछि नेपाली बाआमा आफ्नै छोराको जीवन पढेजस्तो लाग्नेछ , नेपाली दाइदिदिहरुलाई आफ्नै भाईको र नेपाली भाईबहिनीहरुलाई आफ्नै दाईको जीवन पढेजस्तो लाग्नेछ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd